• Friday 24th of July 2026

हल्का वर्षा र हिमपातको सम्भावना


  • आशाका किरण
afSnf] lxdkftsf sf/0f hghLjg si6s/ oftfoftsf ;fwg 7Kk 88]Nw'/f @!, df3 M 88]Nw'/fsf] ;b/d'sfddf laxLaf/ ;femFb]lv ePsf] lxdkftsf sf/0f hghLjg k|efljt x'g'sf ;fy} oftfoftsf ;fwg ;~rfngdf sl7gfO{ . tl:a/ M wgaxfb'/ e08f/L÷/f;;

देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको जनाएको छ ।

बिहान र बेलुकीका समयमा चिसो रहने हुनाले यसबाट जोगिन र पहाडी भू–भागको केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव पाँच डिग्री र अधिकतम तापक्रम १९ दशमलव चार डिग्री सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव आठ डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम २५ दशमलव चार डिग्री सेल्सियस छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij