• Friday 24th of July 2026

देशभर मनसुनी वायुको प्रभाव : हल्कादेखि मध्यम वर्षाको सम्भावना


  • आशाका किरण
kfgLsf] axfj a9]kl5 cfjthfjtdf ;d:of bdf}nL, !# c;f/ M tgx'Fsf] Jof; gu/kflnsf–! / @ hf]8g] a'NbLvf]nfdfly lgdf{0f ul/Psf] shj]df kfgLsf] axfj a9]kl5 ;j{;fwf/0fnfO{ cfjthfjtdf ;d:of . cfOtaf/ /fltb]lv k/]sf] jiff{sf sf/0f gbL tyf vf]nfx?df kfgLsf] axfj a9]sf] 5 . tl:a/ M s[i0f Gof}kfg]÷/f;;

मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनको प्रभाव रहेको छ । उक्त प्रणालीको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रही देशका पहाडी भूभागका धेरै र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै, प्रदेश नं १ तथा गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ । रातको समयमा देशभर सामान्यदेखि पूर्ण बदली भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

मङ्गलबार देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, प्रदेश नं १, मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij