• Friday 24th of July 2026

इजरायलबाट नेपालीलाई उद्धार गर्न एमालेको माग


  • आशाका किरण

काठमाडौँ, २२ असोज : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले इजरायलबाट नेपालीको उद्धार गर्न सरकारसँग माग गर्नुभएको छ । साथै उहाँले घाइतेहरुको उपचारको व्यवस्था गर्न आग्रह पनि गर्नुभएको छ ।

एमाले अध्यक्ष ओलीले आज एक विज्ञप्ति जारी गरी आक्रमणमा ज्यान गुमाएकोहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको उपचारको व्यवस्था गर्न माग गर्नुभएको छ ।

आतङ्कवादी हमलामा नेपालीको ज्यान गएकामा आफू स्तब्ध रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले दिवङ्गत भएका परिवारजनप्रति सहानुभूति व्यक्त गर्नुभएको छ ।

विज्ञप्तिमा अध्यक्ष ओलीले आतङ्कवादी हमलाको निन्दा पनि गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij