• Friday 24th of July 2026

एकीकृत समाजवादीद्वारा सरकारलाई सहयोग


  • आशाका किरण

काठमाडौँ, २१ कात्तिक : नेकपा (एकीकृत समाजवादी)ले जाजरकोट भूकम्पपीडितका लागि रु २५ लाख राहत रकम हस्तान्तरण गरेको छ ।

पार्टी अध्यक्ष नेपालको नेतृत्वमा उपाध्यक्षद्वय राजेन्द्र पाण्डे र प्रमेश हमालसहितको टोलीले बालुवाटारस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेक हस्तान्तरण गरेको हो ।

गत शुक्रबार जाजरकोट भएर गएको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित तथा प्रभावितको उद्धार एवं राहतका लागि एकीकृत समाजवादीले राहत रकम सहयोग गरेको हो ।

प्रधानमन्त्री दाहालले सहयोगका लागि अध्यक्ष नेपाललाई धन्यवाद दिँदै प्रभावितलाई व्यवस्थापन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । पार्टीको सचिवालय बैठकले सरकारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij