फेका अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधी गेटवे एकेडेमीलाई
आशाका किरण
सुदर्शन बजगाई,आशाका किरण मिडिया । राजधानीको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको मुलपनी खेल मैदानमा जारी फेका अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधी गेटवे स्कुलले जितेको छ । आज भएको खेलमा २-१ गोल अन्तरले ब्रह्मकुन्ज स्कुललाई पराजित गर्दै गेटवे स्कुलले फेका कपको उपाधी हासिल गरेको हो ।
प्रतियोगितामा २५ टोलीले सहभागिता जनाएको कार्यक्रम संयोजक राजु दाहालले बताए । प्रतियोगिताका विजेतालाई शिल्ड मेडल र प्रमाणपत्र सहित प्रथम हुनेलाई ३० हजार र दोश्रो हुनेलाई २० हजर नगद पुरस्कार प्रदान गरिएको फेकाका अध्यक्ष श्रीराम दाहालले आशाका किरण मिडियालाई बताए ।
मन्तव्य राख्दै फेकाका अध्यक्ष श्रीराम दाहाल
कार्यक्रमले नयाँ प्रतिभालाई प्रस्फुटन गर्न मद्धत मिलेको नगरप्रमुख उपेन्द्र कार्कीले बताउनुभयो ।
प्रतियोगिताका विजेतालाई कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीलेल पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताको तृतीय स्थान ओगट्न हाईली क्रीएटिभ र चौथो स्थान हासिल गर्न ओरियन्टल स्कुल सफल भएको थियो ।
सामुहिक तस्वीर खिचाउँदै विजेता टोली
कार्यक्रममा उत्कृष्ट डिफेन्स एलेक्स कुँवर ,उत्कृष्ट खेलाडी मनोज राम,उत्कृष्ट गोलकिपर सन्दिप राई ,वेस्ट कोच सुजन नापित,उच्च गोलकर्ता प्रदिप खत्री र उत्कृष्ट मिड्फिल्डर प्रतीक रायमाझी घोषित भए । फेयर एजुकेसनल कम्पिटिटर्स एसोसियसन काठमाडौंको पुर्वी भेगमा शैक्षिक गतिविधि गराउने अब्बल संस्था हो ।