• Friday 24th of July 2026

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जनकपुर बोल्ट्सलाई


  • आशाका किरण

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिबार भएको खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि जितेको हो ।

जितका लागि सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य , जनकपुर बोल्ट्सले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा ग¥यो । जनकपुरलाई उपाधि दिलाउने क्रममा लाहिरु मिलान्थाले अर्धशतकीय पारी खेले ।

उनले ४९ बल खेल्ने क्रममा चार छक्का र नौ चौकाको सहयोगमा ८७ रन बनाए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको थियो । सुदूरपश्चिमका लागि सैफ अलि जेबले ६९ रन बनाएका थिए । जितसंगै जनकपुरले ट्रफीसहित रु एक करोड १० लाख हात पारेको छ भने उपविजेता सुदूरपश्चिमले रु ५१ लाखमा चित्त बुझायो ।

प्रतियोगीतामा सुदूरपश्चिम रोयल्सका कप्तान तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सर्वोत्कृष्ट घरेलु खेलाडीको अवार्ड जितेका छन् । अवार्डसँगै दीपेन्द्रले ओमाडाको गाडी प्राप्त गरेका छन् । कर्णाली याक्सका स्पिनर विपिन शर्मा उदीयमान खेलाडी घोषित भए । त्यस्तै जनकपुरका ललितनारायण राजवंशी प्रतियोगिताको उत्कृष्ट बलर बन्न सफल भए ।

बिजयी टोलीलाई पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगाएतले पुरस्कार प्रदान गर्नुभयो ।

((

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij