सुदर्शन बजगाई,आशाका किरण समाचार । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मा रहेको क्रिश्चियन कम्युनिटी स्कुलले आयोजना गरेको प्रथम सिसिएस अन्तर विद्यालय सोतोकान कराते प्रतियोगिताको उपाधी गोकर्णेश्वर ५ मा रहेको सुनौलो भविष्य स्कुलले जितेको छ ।
प्रतियोगितामा दोश्रो स्थान मदन भण्डारी मेमोरियल स्कुल,तेश्रो स्थान सारथि स्कुल र चौथो स्थान भेनस पब्लिक स्कुलले हात पार्यो ।
प्रतियोगिता भातृत्व तथा भगिनित्व विकास गर्न र विद्यार्थीमा रहेको कला प्रस्फुटन गराउन सफल भएको विद्यालयकी प्रधानाध्यापक योङ्गिता लामाले आशाका किरण मिडियालाई बताउनु भयो ।


कार्यक्रममा विजेतालाई संस्थापक विजय लामा,प्रधानाध्यापक योङ्गिता लामा र प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ का कार्यबाहक वडा अध्यक्ष भक्त थापाले शिल्ड मेडल तथा प्रमाणपत्रले सम्मानित गर्नु भएको थियो ।
एक दिवसीय प्रतियोगितामा कागेश्वरी, गोकर्णेश्वर र काठमाडौं महानगरभित्रका ६ विद्यालयका १३० विद्यार्थीले विभिन्न उमेर समूह र विधामा प्रतिस्पर्धा गरेका थिए ।
प्रथम हुने ले ६, दोश्रो हुनेले ४, तेश्रो हुनेले ३ र चौथो हुनेले २ स्वर्ण पदक जितेका थिए ।
फेयर प्ले अवार्ड भने आयोजक क्रिश्चियन कम्युनिटी स्कुलले जित्यो ।
कार्यक्रम संयोजक बिबेन्द्र तामाङले यस्ताखाले प्रतियोगिताले आगामी वर्षमा समेत निरन्तरता पाउने आशाका किरण मिडियालाई बताउनु भयो ।
प्रतियोगिता २०८२ मंसिर २७ गते कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ को कार्यालयमा रहेको सभाहलमा सम्पन्न भएको थियो । कार्यक्रममा १० भन्दा अन्तर्राष्ट्रियस्तरमा पदक प्राप्त प्रशिक्षकको सहभागिता रहेको थियो ।
