• Sunday 13th of September 2026

विकास र सिर्जनशीलताका लागि शान्ति सुरक्षा पहिलो सर्त: प्रहरी महानिरीक्षक कार्की


  • आशाका किरण

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मुलुकको समग्र विकास निर्माण र सिर्जनशीलताको लागि शान्ति सुरक्षा पहिलो आधारभूत पूर्वसर्त भएको बताउनुभएको छ ।

आइतबार जेनजी आन्दोलनका क्रममा पूर्ण रुपमा क्षतिग्रस्त भई पुनर्निर्माण तथा प्रबलीकरण गरिएको प्रहरी वृति गौशालाको भवन उद्‌घाटन गर्दै महानिरीक्षक कार्कीले नागरिकमा सुरक्षाको प्रत्याभूति नभएसम्म कुनैपनि क्षेत्रमा प्रगति सम्भव नहुने बताउनुभयो । उहाँले पशुपतिनाथ क्षेत्रमा पुनर्निर्मित यस भवनले नेपाल प्रहरीको दृढता, पुनरुत्थानको क्षमता र नागरिकप्रतिको सेवाभावलाई झल्काएको उल्लेख गर्नुभयो । भौतिक संरचनासँगै प्रहरी कर्मचारीहरूको सोच, आचरण र सेवाभाव अझ मानवीय र जनमैत्री हुनुपर्ने उहाँको भनाइ छ । महानिरीक्षक कार्कीले क्षतिग्रस्त ४ सय ५९ वटा संरचनामध्ये हालसम्म ४ सय ५२ वटा भवनहरूको पुनर्निर्माण तथा प्रबलीकरण भइसकेको जानकारी दिँदै नागरिक र स्थानीय तहको अपनत्वकै कारण यो सम्भव भएको बताउनुभयो । त्यस्तै महानिरीक्षक कार्कीले समाजमा तोडफोड र आगजनी गर्ने नकारात्मक प्रवृत्तिलाई रोक्नुका साथै त्यस्ता हातहरूलाई सिर्जनशीलता र समाज निर्माणको दिशामा डो¥याउनु सुरक्षा संयन्त्रको दायित्व रहेको बताउनुभयो । भौतिक संरचना भत्काएर पुनः निर्माणमा स्रोत खर्चिनुपर्ने अवस्था आउन नदिन सबैमा सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने चेतना जाग्नुपर्ने उल्लेख गर्नुभयो ।

दानबहादुर कार्की, प्रहरी महानिरीक्षक

महानिरीक्षक कार्कीले नयाँ प्रविधि, आधुनिक उपकरण र नागरिक विश्वासका साथ कार्यसम्पादन गर्न प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिनुभयो ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij