• Friday 18th of September 2026

पार्टीको हितका लागि लचकता अपनाउन तयार छु: गगन थापा


  • आशाका किरण

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लचकता अपनाएर पार्टीको हितका लागि आफू अघि बढ्न तयार रहेको बताउनुभएको छ । 

बिहीबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा सभापति थापाले पार्टीभित्र कसले जित्यो वा कसले आफ्नो अडान छाड्यो भन्ने रूपमा नभई लचकता अपनाएर पार्टीको हितमा अघि बढ्न आफू तयार रहेको बताउनुभएको हो । सबै तह, वर्गका व्यक्ति तथा व्यक्तित्वहरूलाई सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकवद्ध बनाएर राख्ने उहाँले बताउ उहाँले  पार्टीभित्रका सबै असहमति र असन्तुष्टि सम्बोधन भएको उल्लेख गर्दै अब पार्टीलाई एकताबद्ध बनाएर लैजाने धारणा राख्नुभयो । उहाँले  पार्टीभित्रको आन्तरिक मतभेदलाई थाती राखेर बृहत्तर हितका लागि लचकता अपनाउन निवर्तमान सभापति शेरबहादुर देउवापक्ष र सम्पूर्ण नेताहरूलाई आग्रह गाउनुभयो । पूर्वसभापतिको हैसियतमा देउवाले महाधिवेशन उद्‌घाटन गर्दा पार्टीलाई ठूलो सम्मान हुने उहाँको भनाइ छ । पार्टीलाई एक बनाउनका लागि रिसाएर काङ्ग्रेस छोडेकाहरुलाई जोड्नु आवश्यक रहेको उहाँले  बताउनुभयो । उहाँले  तोकिएको समयमा नै महाधिवेशन गर्नु बाध्यता भएको भन्दै पार्टीको महाधिवेशन टुङ्ग्याएर जनतासामु जाने उल्लेख गर्नुभयो । वडा, जिल्ला तथा अन्य तहको अधिवेशनको जिम्मेवारी पाएका नेताहरूलाई पनि अधिवेशनमा सक्रिय रूपमा सहभागी हुन अनुरोध गर्दै उहाँले सहभागी हुन नसक्ने अवस्थामा विधानअनुसार वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था आउनसक्ने बताउनुभयो । 

साथै उहाँले  विशेष महाधिवेशनपछि पनि पार्टीभित्र र नेताहरूवीच छलफल जारी रहेको तथा त्यसै क्रममा विभिन्न प्रस्ताव र सुझावका आधारमा सहमतिको वातावरण बनेको सभापति थापाको भनाइ थियो । बैठकमा पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित अधिकांश केन्द्रीय सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij