• Wednesday 23rd of September 2026

त्रिपुरेश्वर बस आगजनी घटना : उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न सांसद युवराज दुलालको माग


  • आशाका किरण

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले त्रिपुरेश्वरमा भएको बस आगजनी घटनाको छानविनको माग गर्नुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद दुलालले उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि कारबाही गर्न तत्काल उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्नुभएको हो ।  ट्राफिक प्रहरीसंगको विवादमा चालकले ‘दबाब दिए म लास हुनेछु’ भन्दा पनि प्रहरीले संवेदनशीलता नदेखाएको, विवेक गुमाएको र युवकलाई मृत्युको मुखमा पुग्नबाट जोगाउन नसकेको उहाँले बताउनुभयो । उहाँले ट्राफिक प्रहरी, नेपाल प्रहरी र नेपाल सरकार कसको हो तथा प्रहरी कसको निर्देशनमा चलेको छ भन्दै गृहमन्त्रीको जवाफ माग गर्नुभयो ।

यो घटना केवल एक चालकको आवेग मात्र नभई राज्यको प्रणालीप्रति नागरिकको चरम निराशा, बेरोजगारी र अस्थिर रोजगारीमा रहेका लाखौँ युवाको पीडाको अभिव्यक्ति भएको उहाँले बताउनुभयो । 

सांसद दुलालले ठूला सवारीको लाइसेन्स लिन साना सवारीको लाइसेन्स अनिवार्य चाहिने हालको झन्झटिलो व्यवस्था सच्याउनुपर्ने बताउनुभयो । ट्राफिक प्रहरी र नियमनकारी निकायहरू मर्यादित, अनुशासित हुनुपर्ने उहाँको भनाइ छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij