• Wednesday 23rd of September 2026

सहिद परिवारलाई न्यायको प्रत्यक्ष आभास गराउन सरकारसँग रास्वपा सांसद रचना खतिवडाको आग्रह


  • आशाका किरण

रास्वपा सांसद रचना खतिवडा खत्रीले सहिद परिवारलाई न्यायको प्रत्यक्ष आभास हुने काम गर्न सरकारलाई आग्रह गर्नुभएको छ । 

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा जेनजी सहिद रसिक खतिवडाका आमा सांसद खतिवडाले सहिदको रगत अझै नसुकेको स्मरण गराउँदै न्यायको प्रत्यक्ष आभास हुने गरी सरकारलाई काम गर्न आग्रह गर्नुभएको हो ।

उहाँले आन्दोलनका क्रममा थुनामा रहेका सम्पूर्ण जेन्जी थुनुवाहरूलाई विनासर्त तत्काल रिहा गर्न र घाइतेहरूको उपचारका लागि संसारको जुनसुकै कुनामा लैजानु परे पनि राज्यले सम्पूर्ण खर्च व्यहोरेर निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्नुभयो ।

संसद्‍मा उभिनु कुनै व्यक्तिगत राजनीतिक रहर, महत्त्वाकाङ्क्षा वा पदको लालच नभएको भन्दै उहाँले जेन्जी आन्दोलनका सहिदहरूले पूर्ण रुपमा न्याय पाए सांसद पदबाट राजीनामा दिन एक सेकेन्ड पनि नहिच्किचाउने बताउनुभयो । 

उहाँले ‘छोराको लासमाथि सांसद पद साटेको’ भन्दै निकृष्ट र अपमानजनक टिप्पणी गर्ने गरेको भन्दै एउटी आमाको छातीको पीडा र ममतामाथि राजनीतिक आक्रमण नगर्न र तुच्छ शब्द बोल्नुअघि हजार पटक सोच्न आग्रह गर्नुभयो । 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij