• Wednesday 23rd of September 2026

सामुद्रिक जैविक विविधता संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता प्रतिनिधिसभाबाट सर्वसम्मत अनुमोदन


  • आशाका किरण

प्रतिनिधिसभा बैठकले संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुन सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता अनुमोदन गरेको छ । 

मंगलबार बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोवित गौतमले राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता अनुमोदन गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।  बैठकले उक्त प्रस्तावलाई सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । त्यसअघि सम्झौताप्रति सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिदैँ मन्त्री गौतमले विगतमा भएका सन्धि – सम्झौताहरू अनुरूप कानुन बनेनबनेको समीक्षा गरी आवश्यक कानुनहरू ढिला नगरी छिटो निर्माण गर्न सरकार सकारात्मक रहेको बताउनुभयो । रसुवा र भोटेकोशीको बाढीले दिएको सन्देशलाई मध्यनजर गर्दै विकासको परम्परागत मोडलमा पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । 

उहाँले नदीका बेसिन तथा कोरिडोर वरपर अव्यवस्थित बस्ती विकास हुँदा ठूलो जनधनको क्षति भएको सन्दर्भमा अब उत्थानशील प्रकृतिको विकासमा जानुपर्ने र कानुन बनाउँदा प्राकृतिक विपत्तिलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभयो । सन्धि – सम्झौताबाट प्राप्त हुने लाभ, प्रविधि र सूचनाहरूलाई नेपालको हितमा छिटोभन्दा छिटो कानुनमा समेटेर त्यसको प्रभावकारी उपयोग गर्न सरकार सकारात्मक रहेको उहाँको भनाइ छ । 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij