• Tuesday 29th of September 2026

विशिष्ट व्यक्ति पक्राउ रोक्न सरकारलाई प्रचण्डको चेतावनी: ‘मूल्य धेरै ठूलो चुकाउनुपर्नेछ’


  • आशाका किरण

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विना कारण विशिष्ठ व्यक्तिहरुलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले मूल्य धेरै ठूलो चुकाउनुपर्ने बताउनुभएको छ । 

सोमबार सङ्घीय संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै संयोजक प्रचण्डले ’छोरी पिटेर बुहारी तर्साउन खोजेको’ जस्तो नियत सरकारको हो भने त्यो सरकारकै लागि घातक हुने र यसको मूल्य धेरै ठूलो चुकाउनुपर्ने बताउनुभएको हो । यस्ता घटना नदोहो¥याउन उहाले सरकारलाई आग्रह समेत गर्नुभयो ।  सुरक्षा थ्रेट भनिएको विषय सामान्य मानिसले पनि बुझ्ने खालको बहानाबाजी मात्र भएको उहाँले बताउनुभयो । उहाँले यदि साँच्चिकै सुरक्षा थ्रेट थियो भने पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बनाइदिनुपर्ने तर्क गर्नुभयो ।

त्यस्तै प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले अहिले जे बोल्नुपथ्र्यो त्यही लाइनमा बोलेको र त्यो स्वाभाविक रहेको प्रतिक्रिया दिनुभयो । यस विषयलाई लिएर अनावश्यक बढाइचढाइ गर्न जरुरी

नरहेको भन्दै उहाँले प्रधानमन्त्री बालेनको ठाउँमा अरू जो भए पनि त्यही कुरा बोल्ने धारणा राख्नुभयो । 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij