• Tuesday 29th of September 2026

चाडपर्वमा बिग्रिएका सडक अस्थायी रूपमै भए पनि चलाउन योग्य बनाउन सरोज सिटौलाको आग्रह


  • आशाका किरण

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका कारण क्षतविक्षत भएका सडकहरू चाडपर्वका समयमा अस्थायी रूपमै भए पनि सञ्चालनयोग्य बनाउन आग्रह गर्नुभएको छ । 

सिंहदरबारमा सोमबार बसेको पूर्वाधार विकास समिति बैठकमा अध्यक्ष सिटौलाले विगत दुई वर्षदेखि प्राकृतिक प्रकोपका कारण सडक तालिका बिग्रिएको र यसपटक बाढीपहिरोका कारण सडकहरू क्षतविक्षत भएको उल्लेख गर्नुभयो । चाडपर्वका लागि आगामी १५–२० दिन अस्थायी रूपमै भए पनि खाल्डाखुल्डी पुरे सम्बद्ध सबै पक्ष मिलेर सडक सञ्चालनयोग्य बनाउन उहाँले आग्रह गर्नुभयो ।

उहाँले अग्रिम टिकट बुकिङ खोल्नु मात्र ठूलो कुरा नभई यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पु¥याउनु मुख्य चुनौती भएको धारणा राख्नुभयो । नयाँ बसपार्क तथा सरकारले तोकेका आधिकारिक काउन्टरबाट मात्र परिचयपत्र र ड्रेस लगाएका कर्मचारीमार्फत टिकट काट्ने व्यवस्था मिलाउनुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष सिटौलाले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि चाडपर्वको अवधिभर पेट्रोलियम पदार्थको मूल्य नबढाउन र घाटा भए सरकारले नै बेहोर्न आग्रह गर्नुभयो । इन्धनको मूल्य नबढेमा व्यवसायीहरूले कुनै पनि हालतमा भाडा नबढाउने उहाँले स्पष्ट पार्नुभयो । 

उहाँले घटस्थापनादेखि टीकाको समयमा यात्रुको अत्यधिक चाप हुने भएकाले काठमाडौँ उपत्यकाका राम्रा गाडीहरूलाई पनि बाहिर चलाउन अनुमति दिने व्यवस्था मिलाउनुपर्ने धारणा राख्नुभयो ।

चाडपर्वको मुख्य समयमा मालवाहक ठूला सवारी साधनलाई नारायणगढ लगायतका स्थानमा रोकेर यात्रुवाहक बसलाई पहिलो प्राथमिकता दिनुपर्ने विगतको अभ्यास लागू गर्न उहाँले आग्रह गर्नुभयो ।  

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij