• Tuesday 29th of September 2026

सरकारले व्यक्तिगत ‘इगो’ साँध्न राज्यसत्ताको दुरुपयोग गर्यो: ज्ञानेन्द्र शाही


  • आशाका किरण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले व्यक्तिगत ’इगो’ साँध्नका लागि राज्यसत्ताको दुरुपयोग गरिरहेको आरोप लगाउनुभएको छ ।

सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले पूर्वप्रधानन्यायाधीशको पक्राउप्रति प्रश्न उठाउँदै सरकारले व्यक्तिगत ’इगो’ साँध्नका लागि राज्यसत्ताको दुरुपयोग गरिरहेको आरोप लगाउनुभएको हो । उहाँले दुर्गा प्रसाईंलाई समेत पटक–पटक पक्राउ गरिएको प्रति असन्तुष्टि जनाउँदै उनको सट्टा जिबी राईलाई पक्राउ गरेको भए जनताको ९ अर्ब फिर्ता हुने धारणा राख्नुभयो । व्यक्तिगत प्रतिशोध र स्वार्थमा सरकार यसरी नै अघि बढेमा विगतको केपी शर्मा ओली सरकार र वर्तमान सरकारमा कुनै फरक नहुने उहाँले बताउनुभयो ।

नेता शाहीले भ्रष्टाचारी र अपराधीलाई प्रमाण र कागजातका आधारमा मात्र कानुनी दायरामा ल्याउन आग्रह गर्दै सुशासनको लडाइँमा सरकारलाई साथ दिने तर ’इगो’ साँध्न राज्यसत्ताको खेल बन्द गर्नुपर्ने उल्लेख गर्नुभयो ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij