• Tuesday 29th of September 2026

रसुवा बाढी र म्याग्दीमा बेपत्ता भएकाको अवस्था सार्वजनिक गर्न सांसद ध्रुवराज राईको माग


  • आशाका किरण

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले गरेका कामकारवाहीका बारेमा जानकारी गराउन माग गर्नुभएको छ ।

मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद राईले प्राकृतिक प्रकोपपछि सरकार प्रमुखले वहन गर्नुपर्ने जिम्मेवारी र हालसम्म भएका कामकारवाहीका बारेमा जानकारी गराउन आफूले राखेको माग पुरा गर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो । उहाँले हालैको वर्षापछि आएको बाढीपहिरोका कारण

म्याग्दीस्थित सुरुङमा कार्यरत केही बेपत्ता भएकाले सम्पर्कविहीन भएका नागरिकको अवस्था सार्वजनिक गर्न पनि माग गर्नुभयो । फोन सम्पर्क नहुँदा वास्तविक क्षति भए नभएको स्पष्ट विवरण आउन नसकेको र प्रमुख जिल्ला अधिकारी (सीडी ओ) सँग बुझ्दा पनि त्यहाँका बासिन्दा प्रभावित भएको तर विस्तृत सूचना प्राप्त हुन नसकेको उहाँले बताउनुभयो ।

उहाँले सम्पर्कविहीन नागरिकको अवस्था बुझ्न तथा सूचना आदानप्रदान सहज बनाउन उक्त क्षेत्रमा तत्काल सञ्चार सेवा सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij