• Tuesday 29th of September 2026

कानुनी रिक्तता हटाउन ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक’ ल्याइएको हो: मन्त्री सोविता गौतम


  • आशाका किरण

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी कानुनी रिक्तता हटाउनका लागि “केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३ ल्याएको बताउनुभएको छ । 

मङ्गलबार प्रतिनिधिसभा बैठकमा उक्त विधेयकमाथि बिचार गरियोस भन्ने प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदैँ मन्त्री गौतमले सार्वजनिक पदाधिकारीको पदमुक्‍ति सम्बन्धी अध्यादेश निष्क्रिय भएपछि कानुनी दफाहरू रिक्त हुने अवस्था सिर्जना भएकाले ती व्यवस्थाहरूलाई पुनः कानुनी रूपमा जगाउनका लागि विधेयक ल्याइएको बताउनुभएको हो । सरकारले गरेको नीतिगत निर्णयलाई अगाडि बढाउने क्रममा आवश्यक कानुनी व्यवस्थाहरू संशोधन गर्न पहिला अध्यादेश जारी गरिएको र हाल ती निष्क्रिय भएका दफाहरूलाई निरन्तरता दिनकै लागि मात्र विधेयक प्रस्तुत गरिएको उहाँले स्पष्ट पार्नुभयो । 

उहाँले कानुनी रिक्तता हटाएर प्रावधानहरू जगाउनु नै विधेयकको मुख्य उद्देश्य भएको धारणा राख्नुभयो । 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij