• Tuesday 29th of September 2026

विपद व्यवस्थापन प्राधिकरणलाई अधिकारसम्पन्न बनाउन रास्वपा सांसद जगदीश खरेलको माग


  • आशाका किरण

रास्वपा सांसद जगदीश खरेलले विपद व्यवस्थापन प्राधिकरणलाई अधिकारसम्पन्न बनाउन माग गर्नुभएको छ । 

मङ्गलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद खरेलले प्राधिकरणलाई सहसचिव स्तरको संरचनामा मात्र सीमित नराखी पूर्ण रूपमा अधिकारसम्पन्न बनाउनुपर्ने माग गर्नुभएको हो । संसद्को बन्दै गरेको विशेष समिति तथा सुशासन र राज्य व्यवस्था समितिले विपद प्राधिकरणलाई अधिकारसम्पन्न बनाउने विषयमा विशेष ध्यान दिनुपर्ने उहाको भनाइ छ । उहाँले विपद दैवी प्रकोपले गराएको नभई प्राकृतिक तथा मानव – सृजित हुने भएकाले विपदको अवधारणामा पुनर्विचार गर्न आग्रह गर्नुभयो । सांसद खरेलले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ को नाम फेरेर ‘प्रधानमन्त्री विपद राहत कोष’ नामकरण गर्न प्रधानमन्त्रीसमक्ष सदनमार्फत माग गरिएको र त्यसको जवाफको पर्खाइमा रहेको उल्लेख गर्नुभयो । 

उहाँले पछिल्लो विपदका कारण २७ जनाको मृत्यु भएको, ४ जना अझै बेपत्ता रहेको र अरबौँको सम्पत्ति नष्ट भएको भन्दै विपद् व्यवस्थापनमा गम्भीर हुन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij