• Tuesday 8th of September 2026

अञ्जली र सलोनको ‘माया पिरिम’ यात्रा(भिडियो वार्ता)


  • आशाका किरण

टेक पौरखी राईको निर्देशनमा निर्माण भएको चलचित्र ‘माया पिरिम’  मङ्सिर २० गतेबाट प्रदर्शनमा आउँदै छ ।  प्रेमकथामा आधारित यस चलचित्रको केही दिन पहिले ‘फोटो खिचेर’ बोलको गीत सार्वजनिक भएको छ । जसमा पछिल्लो समयकी निकै चर्चित र व्यस्त मोडल कलाकार अञ्जली अधिकारी र कलाकार सलोन बस्नेत फिचर्ड छन् । गीतमा यी दुईको केमेस्ट्री निकै जमेको छ भने दर्शकले यो जोडिलाई खुबै मन पराइरहेका छन् । गीतले चलचित्रको हाइप राम्रोसँग बढाइदिएको छ । चलचित्रका निर्देशक राईले पनि गीतले चलचित्रमाथि एक प्रकारको कौतूहल सृजना गरिदिएको आभास भएको जनाएका छन् । चर्चित गीत ‘गलबन्दी’बाट लाईमलाईनमा आएकी अञ्जली र सलोनले चलचित्रमा मुख्य भूमिका निभाएका छन् । चलचित्रको प्रदर्शन मिति नजिकिँदै जाँदा उनीहरू मिडियामा आफ्नो ‘माया पिरिम’ अनुभव साटिरहेका छन् । हेरौँ यी दुईको माया पिरिम’ को यात्रा र अनुभव ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij