• Saturday 25th of July 2026

तमु ल्होसारमा अध्यक्ष दाहालको शुभकामना


  • आशाका किरण
cWoIf bfxfn z'esfdgf dGtJo JoQm g]kfn sDo'lgi6 kf6L{-g]skf_sf cWoIf Pjd k"j{k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú jl/i7 clwjQmf d'lQmgf/fo0f k|wfgåf/f lnlvt …Goflos ;ldlt M sfo{ljlw / k|lqmofÚ gfds k':tssf] z'qmaf/ nf]sfk{0fkl5 z'esfdgf dGtJo JoQm ub}{ . t:jL/ M /Tg >]i7, /f;;

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तमु ल्होसारका अवसरमा शुभकामना दिँदै मौलिक चाडपर्वले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउने बताउनुभएको छ । स्वदेश तथा विदेशमा रहेका तमु दिदी–बहिनी तथा दाजुभाइमा शुभकामना दिँदै उहाँले पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै मनाइने यस पर्वले छुट्टै मौलिक परम्परा र सांस्कृतिक महत्व राखेको उल्लेख गर्नुभएको छ । उहाँको सन्देशमा भनिएको छ, “सांस्कृतिक परम्पराको धनी राष्ट्र नेपालका तमु समुदायले सदियौँदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आइरहेका छन् । राष्ट्रियताको सम्वद्र्धन र समुदायको पहिचानमा नै मुलुकको समुन्नति र समृद्धि निर्भर रहेको हुन्छ । यस्ता नेपाली समाजले विकास गरेको आफ्नै मौलिक विचार नेपाली राष्ट्रियताको जगमा उभिएको छ ।” अध्यक्ष दाहालले २१ औं शताब्दीमा नेपाली पहिचानसहितको विचारलाई माथि उठाउन र विश्वव्यापी बनाउन सबै क्षेत्र, लिङ्ग, वर्ग, समुदायको ऐक्यबद्धता आजको आवश्यकता भएकामा जोड दिँदै यस पर्वले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षा व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij