• Friday 24th of July 2026

अष्ट्रेलियामा नेपाल भ्रमण वर्षको शुभारम्भ


  • आशाका किरण

–नारायण अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमणका लागि अष्ट्रेलियावासी र यहाँ रहेका नेपालीलाई निमन्त्रणा गर्नुभएको छ । भ्रमण वर्ष सन् २०२० को अन्तरराष्ट्रिय रुपमा आज यहाँ औपचारिक शुभारम्भ गर्नुहुँदै उहाँले जीवनको नयाँ अनुभवका लागि नेपालको भ्रमण गर्न सबैमा अनुरोध गर्नुभएको हो । प्राकृतिक हिसाबले विश्वकै धनी देश नेपालमा भ्रमण गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “लाइफ टाईम एक्सप्रियन्सका लागि भ्रमणको निम्तो दिन चाहान्छु ।” नेपालमा विशेष तयारीका साथ यस वर्षलाई भ्रमण वर्षका रुपमा मनाउन लागिएको जानकारी दिँदै उहाँले नेपालको पर्यटकीय महत्वका बारेमा जानकारी दिनुभएको थियो । काठमाडौँ र अष्ट्रेलियाबीच सिधा उडानका लागि सम्झौता पछि कार्यान्वयनका लागि पहल भइरहेको भन्दै उहाँले दुई देशका बीचमा लामो समयदेखि कूटनीतिक सम्बन्ध रहेको बताउनुभयो । आफ्नो मन्तव्यको शुभारम्भमा नै मन्त्री भट्टराईले डढेलोका कारण अष्ट्रेलियावासी जनतामा परेको समस्याप्रति दुःख व्यक्त गर्दै उहाँले मृतकहरुप्रति समवेदना प्रकट गर्नुभयो ।

छिट्टै डढेलो नियन्त्रणमा आएर यहाँको जानजीवन सहज हुने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा न्यू साउथ वेयल्स राज्य संसद्का सभामुख जोनाथन वडीले नेपाल सुन्दर रहेको भन्दै भ्रमणका लागि धेरैभन्दा धेरै अष्ट्रेलियावासी जाने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा अष्ट्रेलियका लागि नेपाली राजदूत महेशराज दाहालले भ्रमण वर्षलाई सफल बनाउन यहाँ रहेका सम्पूर्ण नेपालीहरुमा आनुरोध गर्नुभयो । आफू र आफ्ना यहाँका नेपाली एवं अष्ट्रेलियन साथीहरुलाई भ्रमणका लागि नेपाल लैजान उहाँको आग्रह थियो । सो अवसरमा अष्ट्रेलियाका पक्ष र प्रतिपक्ष दल एवं काउन्सिलका प्रतिनिधिसहितको उपस्थिति रहेको थियो । कार्यक्रम शुरु हुनुअघि सिड्नीको सर्कुलर क्येवमा मौन जुलुसमार्फत पर्यटन वर्षको प्रवद्र्धन पनि गरिएको थियो । अहिले सिड्नीमा नै यहाँका राजनीतिक दल, कूटनीतिज्ञ, पर्यटन व्यवसायी, व्यवसायी, गैरआवासीय नेपाली महासङ्घका विभिन्न तह र तप्कामा रहेका व्यक्तिको उपस्थितिमा भ्रमण वर्षका सम्बन्धमा छलफल एवं रात्रिभोज शुरु भएको छ ।

गत वर्ष अष्ट्रेलियाबाट ३३ हजार पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्क रहेको छ । यो सङ्ख्यालाई दोब्बरभन्दा बढी बनाउन राजदूतावास लागि परेको छ । गैर आवासीय नेपाली महासङ्घ र न्यू साउथ वेयल्सको महावाणिज्य दूतावासको सहयोगमा अष्ट्रेलियाका लागि नेपाली राजदूतावासले कार्यक्रमको आयोजना गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij