• Saturday 25th of July 2026

‘भाषा संस्कृतिको रक्षा गर्नु अबको चुनौती’


  • आशाका किरण
;ªu|xfno lznfGof; ;'v]{t, ! df3 M s0ff{nLsf d'VodGqL dx]Gb|axfb'/ zfxL a'waf/ jL/]Gb|gu/– ( l:yt du/ ;fF:s[lts ;ªu|xfnosf] lznfGof; ub}{ . ;f9] tLg s/f]8 a9L nfutdf g]kfn du/ ;+3n] k|b]z:t/Lo ;ªu|fxfnosf] lgdf{0f z'? u/]sf] xf] . t:aL/ M k|sfz clwsf/L÷ /f;;

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भाषा, संस्कृति एवं विभिन्न जातजातिका वेषभूषाको संरक्षण गर्नु अबको चुनौती रहेको बताउनुभएको छ । नेपाल मगर सङ्घद्वारा वीरेन्द्रनगर नगरपालिका– ९ मा निर्माण हुने मगर सांस्कृतिक सङ्ग्राहालयको आज शिलान्यास गर्दै उहाँले आयातित संस्कृतिको नक्कल नगरी सबै नेपालीले आ–आफ्नो जातजातिको वेषभूषाको प्रयोग गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री शाहीले मुलुकको सामाजिक, राजनीतिक परिवर्तनमा मगर समुदायको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । राजनीतिक आन्दोलन समाप्त भएको भन्दै उहाँले अब आफ्नो समुदायको पहिचान रक्षा गर्नतर्फ ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो । “मगर संस्कृतिको रक्षा अरु कुनै जाति र समुदायले गर्दैनन्, तपाईंहरु आफैंले गर्ने हो, मगर भाषा लोप हुन थालेको छ”, उहाँले भन्नुभयो, “भाषा लिपि तयार गर्नुस्, छोराछोरीलाई पढाउनुस्, आफ्नो भाषाप्रति गौरव गर्नुस् ।” बजेट अभावकै कारण सङ्ग्राहालय निर्माणमा अवरोध नहुने उहाँको भनाइ थियो । “बहुउद्देश्यीय प्रकृतिको दीर्घकालीन संरचना बनाउनुस्, प्रदेश सरकारले बजेट अभाव हुन दिँदैन्”, मुख्यमन्त्री शाहीले भन्नुभयो ।

मगर सङ्घका संस्थापक अध्यक्ष अनरी क्याप्टेन जहरसिंह थापाले निःशुल्क दान गर्नुभएको दुई कठ्ठा जग्गामा रु तीन करोड ६८ लाख ६८ हजार लागतमा सङ्ग्राहालय निर्माण शुरु गरिएको छ । निर्माण समितिका संयोजक आशुराम सोमैमगरले प्रदेश सरकारले रु ७५ लाख, सुर्खेतका सांसद नवराज रावतले रु १० लाख र मगर समुदायबाट चन्दा सहयोग गरी करीब रु एक करोड ५० लाख सङ्कलन भएको बताउनुभयो । विद्युतीय भ¥याङसहितको पाँचतले भवनमा प्रादेशिक मगर सङ्ग्राहालय, पार्टीप्यालेस, पुस्तकालय, मगर सङ्घको प्रशासनिक भवन, सङ्घअन्तर्गतका भातृ संस्थाका कार्यालय, बुद्ध पूजाकक्ष र सभाहल रहनेछन् । भवन परिसरमा जग्गादाता जहरसिंह थापाको अर्धकदको प्रतिमा राखिनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij