• Tuesday 8th of September 2026

हिमालयन शेर्पा क्लबद्वारा च्यासल युथ क्लब ३—२ ले पराजित(भिडियो)


  • आशाका किरण

ए डिभिजन लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ । एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा शेर्पाले च्यासलाई ३—२ ले पराजित ग¥यो । शेर्पका लागि खेलको २८ औं र ५० औं मिनेटमा गरी विजय गुरुङ २ गोल खेलको ३३ औ मिनेटमा त्रिदेव गुरुङले १ गोल गरेका थिए । च्यासलका लािग हायातु वाकिनोले दुई गोल गरेपनि हार टार्न सकेनन् । आजको जितसँगै शेर्पाले ११ खेलबाट १० अंक जोडेको छ । च्यासलको १२ अंक रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij