• Tuesday 8th of September 2026

जाउलाखेलद्वारा फ्रेण्ड्स क्लब १—० गोल अन्तरले पराजित(भिडियो)


  • आशाका किरण

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबार भएको दोस्रो खेलमा जाउलाखेल युथ क्लबले फ्रेण्ड्स क्लबमाथि जित निकालेको छ ।शनिबार एन्फा मैदान सातदोबाटोमा भएको दिनको दोस्रो खेलमा जाउलाखेलले फ्रेण्ड्स क्लबलाई १—० गोल अन्तरले पराजित गरेको हो । जाउलाखेलको जितमा फोडे फोफानाले खेलके ५८ औं मिनेटमा गोल गरेका थिए । आजको जितसँगै जाउलाखेलले लिग तालिकामा थप तीन अंक जोड्दै पाँचौ स्थान कायम गरेको छ ।

आजको हारपछि फ्रेन्ड्स क्बल १४ अंकमा सिमित रहँदै नवौं स्थानमा छ । शनिबार नै हुने भनिएको मनाङ मस्र्याङ्दी क्लब र न्यूरोड टिम (एनआरटी) बीचको खेल भने स्थगित भएको छ । शनिबार ३ बजे सशस्त्र प्रहरीको मैदान हल्चोकमा हुने भनिएको खेल प्राविधिक कारण स्थागित गर्नुपरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । उक्त खेल आइतबार १ बजे एन्फा मैदान सातदोबाटोमा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij