• Tuesday 8th of September 2026

शहिद स्मारक ‘ए’ डिभिजन लिगको आजको खेलमा आर्मी,मनाङ र थ्री स्टार क्लब बिजयी(भिडियो)


  • आशाका किरण

शहिद स्मारक ‘ए’ डिभिजन लिगमा भरत खवासले ५० औं गोल पूरा गरेको दिन मंगलबार आर्मीले ब्रिगेड ब्वाइजलाई ३–० ले हराउदा थ्री स्टार र मनाङ मस्र्याङ्दी क्लबले आ– आफ्नो खेलमा जित निकालेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा आर्मीले शीर्ष स्थानमा फर्किन ब्रिगेड ब्वाइजलाई ३–० ले पराजित गरेको छ भने थ्री स्टारले न्युरोड टिम (एनआरटी) र मनाङले विभागीय टोली नेपाल पुलिसलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

ब्रिगेड ब्वाइजलाई पराजित गर्दा भरत खवास, विकास तामाङ र टेक बहादुर बुढाथोकीले समान एक÷एक गोल गरे । जितसँगै शीर्ष स्थानमा फर्किएको आर्मी र दोस्रो स्थानमा रहेको मच्छिन्द्रबीच हुने लिगको अन्तिम खेलले नै उपाधिको छिनोफानो लाग्ने टुङ्गो भएको छ । तालिकामा आर्मीको २९ अंक छ भने मच्छिन्द्रको २८ अंक रहेको छ ।

मंगलबार भएको खेलमा आर्मीले भरतको पाँचौ मिनेटको गोलबाट सुरुआती अग्रता लिएको थियो । उपाधि जित्दै इतिहास रच्ने लक्ष्यमा रहेको आर्मीका लागि ५०औं मिनेटमा बिकास तामाङले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । यस अघि पहिलो हाफमा ब्रिगेड ब्वाइजले खेलमा फर्किन निकै संघष गरे पनि पाएका राम्रा अवसरलाई सदुपयोग गर्न असफल भएको थियो । ७०औं मिनेटमा टेक बहादुर बुढाथोकीले गोल गर्दै अग्रता ३–० मा पु¥याउँदा आर्मीको जित सुनिश्चित गरको थिए ।

यस्तै लिग अन्तर्गत मंगलबारै सम्पन्न अर्को खेलमा मनाङ मस्र्याङ्दीले विभागीय टोली नेपाल पुलिसलाई २–० हराउँदै शीर्ष तीनको बलियो दाबेदारी कायम राखेको छ । १२औं चरणका खेल सकिँदा थ्री स्टार मनाङ भन्दा दुई अंकले पछि रहँदा चौथो स्थानमा अटाएको हो । जित पछि मनाङको २५ अंक भएको छ भने पुलिस छैठौं स्थानमा छ । पुलिसमाथि जित निकाल्नका लागि साविकको विजेता मनाङका अञ्जन विष्ट र विमल रानाले एक÷एक गोल गरे । निकै रोमाञ्चक बनेको पहिलो हाफमा विमल रानाले ३२औं मिनेटमा गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको ११ मिनेट पछि अञ्जन विष्टले थोल थप्दै पहिलो हाफमा २–० को अग्रता दिलाए । पहिलो हाफमा लिएको अग्रतालाई कायम राख्दै मनाङले शीर्ष तीनको दाबेदारीलाई कायम राखेको हो ।

मंगलबारकै अर्को खेलमा थ्री स्टारले न्युरोड टिम (एनआरटी) माथि १–० को कठिन जित निकालेको छ । थ्री स्टारको साँघुरो जितमा दिपेश घलेले ७७औं मिनेटमा निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दिपेशले गोल गर्दै थ्री स्टारलाई महत्वपूर्ण ३ अंक दिलाएका हुन । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका दिपेशले डिबक्स बाहिर प्राप्त बललाई आकार्षक शैलीमा पोस्ट दिशा दिएका थिए ।

जितसँगै तेस्रो स्थानमा उक्लिएको थ्री स्टारले १२ खेलमा २३ अंक जोडेको छ । यस सँगै थ्री स्टारले सुपर सिक्समा स्थान पक्का गरेको छ । थ्री स्टारसँग पराजित एनआरटी १५ अंक जोडेर आठौं स्थानमा रहेको छ । यो हारसँगै एनआरटीको शीर्ष ६ को सम्भावना समेत कठिन बनेको छ । शीर्ष ६ भित्र रहने टिमले राष्ट्रिय लिग खेल्नेछ । लिगमा बुधबार एक खेल मात्र हुनेछ । हिमालयन शेर्पाले जावलाखेल युथ क्लबसँग एन्फा मुख्यालयमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij