• Saturday 25th of July 2026

उच्च व्यावसायिकता प्रदर्शन गर्ने छुः प्रहरी महानिरीक्षक


  • आशाका किरण
bHof{gL lrXg k|bfg sf7df8f}F, @( df3 M u[xdGqfnodf cfof]lht Ps ;df/f]xsf aLr u[x;lrj dx]Zj/ Gof}kfg] gjlgo'Qm k|x/L dxflg/LIfs 7fs'/k|;fb 1jfnLnfO{ a'waf/ bHof{gL lrXg k|bfg . t:jL/ M gf/fo0f 9'ªufgf ÷/f;;

गृहमन्त्री रामबहादुर थापाले इच्छाशक्ति भए पाँच वर्षमा हुन नसकेको काम पाँच महिनामा गर्न सकिने बताउनुभएको छ । पदभार ग्रहणपछि गृह मन्त्रालयमा भेटका लागि आउनुभएका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई कार्यकालको सफलताको शुभकामना दिँदै गृहमन्त्री थापाले भन्नुभयो, “तपाईंको समय थोरै छ तर इच्छाशक्ति देखाउनुभयो भने पाँच वर्षमा हुन नसकेका काम पाँच महिनामा गर्न सकिन्छ ।” गृहमन्त्री थापाले राज्यले विश्वास गरेर दिएको जिम्मेवारीलाई प्रहरी महानिरीक्षकले इमान्दारीका साथ निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । “चुनौती थुप्रै छ, पूरा गर्न बाँकी रहेका कामलाई सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ, गृहमन्त्रीको रुपमा तपाईंलाई पूर्ण सहयोग हुनेछ”, गृहमन्त्रीले भन्नुभयो । उहाँले सहकर्मीलाई साथमा लिँदै एकताबद्ध भएर काम गर्नसमेत प्रहरी महानिरीक्षकलाई आग्रह गर्नुभयो ।

मङ्गलबार मन्त्रिपरिषद्को निर्णयले प्रहरी महानिरीक्षकमा बढुवा हुनुभएका ज्ञवालीको कार्यकाल पाँच महिना मात्रै छ । भेटका क्रममा प्रहरी महानिरीक्षक खनालले मन्त्रालयको मार्गनिर्देशनका आधारमा इमान्दारीका साथ उच्च व्यावसायिकता प्रदर्शन गरिने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij