• Tuesday 8th of September 2026

बौद्धनाथ क्षेत्र विकास समिति र जेभियर इन्टरनेशनल स्कुलले फाल्गुण १७ गते हेरिटेज वाल्क आयोजना गर्ने


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । पर्यटन वर्षलाई मध्य नजर गरेर स्थानीय मौलिक संस्कृति एवम् पहिचान झल्काउने र विश्व सम्पदा सुचीमा सुचीकृत बौद्धनाथ क्षेत्रलाई प्रबर्द्धन गर्ने उद्धेश्यकासाथ हेरीटेज वाल्क आयोजना हुने भएको छ । फाल्गुण १७ गते बौद्ध स्तुपा परिसरमा सुरु भएर जोरपाटीको चामुण्डा देवीथान परिक्रमा गरेर जोरपाटी चोक हुँदै पुन बौद्धमा गएर कार्यक्रम टुंगिने छ । पर्यटन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले बताए । कार्यक्रममा बौद्धको संस्कृति झल्किने खालको विभिन्न साँस्कृतिक बाजागाजा समेत प्रस्तुत हुने बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक वसन्त लामाले बताए । कार्यक्रममा ५०० भन्दा बढी स्थानियले सहभागिता जनाउने जेभियर स्कुल/कलेजका सिईयो लोक बहादुर भण्डारीले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij