• Tuesday 8th of September 2026

शुरु भो ऐतिहासिक दुगुनागढीको मर्मत कार्य


  • आशाका किरण
e'sDk uPsf] rf/jif{kl5 k'glg{df{0f ul/g yflnPsf] l;Gw'kfNrf]ssf] ef]6]sf];L ufp“kflnsfcGt{utsf] b'u'gfufp“l:yt P]ltxfl;s b'u'gfu9L . e"sDksf] k/fsDkgn] Wj:t ag]sf] b'u'gfu9L lj ; !(!@ df ePsf] g]kfn / ltAatLaLr ePsf] n8fO{df g]kfnsf] ;'/Iffsf] nflu h+uaxfb'/ /f0ffn] pSt u9L lgdf{0f u/]sf x'g . tl:j/ M clgz ltjf/L÷ sflGtk'/

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ३ स्थित ऐतिहासिक दुगुनागढीको मर्मत कार्य शुरु भएको छ । सो गाउँपालिकाको रु २० लाख ५० हजारबाट उपभोक्ता समितिमार्फत मर्मत कार्य शुरु गरिएको हो । नेपाल र तिब्बतबीच युद्ध हुँदा विसं १९१२ मा निर्माण भएको १६४ वर्ष पुरानो उक्त गढी ०७२ सालको भूकम्पबाट क्षति भएको थियो । भ्रमण वर्षका अवसरमा पर्यटन भित्र्याउने उद्देश्यले ऐतिहासिक गढीको मर्मत गर्न लागेको गाउँपालिकाको अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । माथिल्लो गढीको भित्री भागको मर्मत सम्पन्न भई बाहिरी भागको काम बाँकी रहेको र तल्लो गढीको पनि भित्री भाग बनाउने काम भइरहेको अध्यक्ष उहाँले बताउनुभयो । उक्त गढीको हालै पुरातत्व विभागका पुरातत्वविद्ले निरीक्षण गरी बजेटको व्यवस्था गर्ने जानकारी दिएका थिए । त्यसैगरी वाग्मती प्रदेश सरकारले बजेटको व्यवस्था गर्ने बताइएको छ । गढीको काम सम्पन्न गर्न रु दुई करोड आवश्यक पर्ने सो गाउँपालिकाले जनाएको छ । पालिकाको वडा नं ३ तातोपानीको दुगुना गाउँमा पर्ने उक्त गढी तातोपानी बजारबाट करिब १० किलोमिटरमाथि रहेको छ ।

राणा शासनकालमा जनरल धीर शमशेरको नेतृत्वमा विसं १९११ मा शुरु गरी एक वर्षपछि निर्माण सम्पन्न भएको उक्त गढी कडा ढुङ्गा कुदेर किल्लाको निर्माण गरिएको छ । समुद्री सतहबाट करिब २२०० मिटर उचाइमा पर्दछ । लगभग २०० रोपनी क्षेत्रमा फैलिएको गढीबाट भोटेकोशी नदी पारि रहेको करिब ३० किलोमिटर टाढा पर्ने तिब्बतको कुती बजारसम्म तोपको गोला प्रहार गरी शत्रु भगाउन सकिने इतिहासमा उल्लेख छ । त्यहाँबाट भोटेकोशी गाउँपालिकाका प्रायः सबै स्थान र तिब्बतको खासा तथा कुती लगायतको दृश्यावलोकन गर्न सकिन्छ । उक्त गढीको बाह्रबिसेको खोर्खानीबारीस्थित तत्कालीन केवलजंग गुल्मले २०५७ सालमा सामान्य मर्मत गरेको थियो । नेपाली सेनाबाट खासै पहल हुन नसकेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij