• Wednesday 9th of September 2026

पोखराको लेकसाइड र बगरमा छरियो ‘डिसइन्फेक्सन स्प्रे’


  • आशाका किरण
kf]v/f, !$ r}t M n]s;fO8df sL6gf;s cf}iflw 5ls{b} sf]/f]gf efO/; -sf]le8–!(_ sf] ;ªqmd0f km}lng glbg kf]v/f dxfgu/kflnsfn] kf]v/fsf] ko{6sLo:yn n]s;fO8df bdsnsf] ;xfotfn] sL6gf;s cf}iflw -l8;OGkm]S;g :k|]_ 5ls{b} . t:jL/M xl/ afF:t]fnf÷/f;;

कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन पोखरा महानगरपालिकाले नगरका विभिन्न ठाउँमा कीटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्कने अभियानलाई तीव्र बनाएको छ । महानगरको न्यूरोडस्थित कार्यालयबाट कीटनाशक औषधि छर्न शुरु गरेको महानगरले शुक्रबार जिरोकिमीदेखि हल्लनचोक, लेकसाइड हुँदै शहीदचोकसम्मको सडकमा कीटनाशक औषधि छर्केको हो । लेकसाइड क्षेत्रमा कीटनाशक औषधि छर्न दमकल प्रयोग गरिएको थियो । त्यसैगरी हरिचोक, सिम्पानी, ट्याक्सीचोक, क्याम्पसगेट, शिक्षा कार्यालयचोकलगायतका ठाउँमा कीटनाशक औषधि छरिएको स्वास्थ्य महाशाखाका सिनियर अहेब अधिकृत हरिलाल आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार विशेषगरी भीडभाड हुने गरेका स्थान, ओसिलो र घाम नलाग्ने ठाउँमा कीटनाशक औषधि छरिएको महानगरपालिकाले जनाएको छ । बिहीबार पोखराको चिप्लेढुङ्गा क्षेत्रमा पनि औषधि छरिएको हो ।

महानगरका प्रमुख मानबहादुर जिसीले महानगर क्षेत्रका भीडभाड हुने ठाउँ, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय, चौतारालगायत सडकका ओसिलो र घाम नलाग्ने ठाउँमा कीटनाशक औषधि छरिने बताउनुभयो । सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन नगरवासीलाई अनुरोध गर्दै उहाँले महानगरका विभिन्न स्थानमा समेत कीटनाशक औषधि छरिने जानकारी दिनुभयो । कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन महानगरले थालेको कोरोना रोकथाम अभियानअन्तर्गत बिहीबार कीटनाशक औषधि छर्कने कामको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र महानगरका प्रमुख मानबहादुर जिसीले गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij