• Friday 24th of July 2026

तरकारी बजार बन्द गर्न आदेश


  • आशाका किरण

जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका तरकारी बजार(सब्जीमण्डी) बन्द गर्न जिल्ला प्रशासन कार्यालयले आज आदेश जारी गरेको छ । अर्को आदेश जारी नहुँदासम्म तरकारी बजार बन्द गर्न आदेश गरिएको हो । तरकारी बजारमा किनमेल गर्नेहरुको अनावश्यक भिड भएर कोरोना भाइरस(कोभिड–१९) को महामारीको जोखिम बढ्दै गएकाले तरकारी बजार बन्द गर्न आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत कृष्णानन्द जोशीको हस्ताक्षर भएको सूचनामा उल्लेख गरिएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनगर गरी जोखिम न्यूनिकरणका लागि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण उद्योग, कलकारखाना, पसल बन्द भएको अवस्थामा मदिरा पसल सञ्चालन भइरहेको उजुरी आएकाले मदिरा पसल बन्द गर्न सार्वजनिक सूचनामा भनिएको छ । सुचनाको अवज्ञा गरेको पाइए कानून बमोजिम कारवाही गरिने जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij