• Wednesday 9th of September 2026

लकडाउन : अलपत्र मजदुरको उद्धार


  • आशाका किरण

कोरोना भाइरस, ९कोभिड –१९ ० को सम्भावित जोखिम कम गर्न सरकारले लकडाउन गरेपछि पाँचथरका विभिन्न आयोजनामा अलपत्र परेका मजदुरलाई उद्धार गरिएको छ । अहिले सम्म ३७७ मजदुरको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले जानकारी दिनुभयो । आयोजनाका आग्रहअनुसार अलपत्र परेकालाई सवारी साधनको व्यवस्था गरी घरघरमा पु¥याइएको उहाँले बताउनुभयो । अहिले अत्यावश्यकीय कामबाहेक एक जिल्लाबाट अर्को जिल्ला जान अनुमतिपत्र दिन प्रशासनले बन्द गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा गुरागाईँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij