• Wednesday 9th of September 2026

दूध बिक्रीमा रोक लगाएपछि किसान आक्रोशित


  • आशाका किरण

शङ्खरापुर नगरपालिकाले लकडाउनको बेला दूध बिक्रीवितरणमा रोक लगाएपछि साँखुवासी आक्रोशित भएका छन् । कोरोना भाइरसको कारण देखाउँदै नगरपालिकासहित विभिन्न राजनीतिक दलको बैठकले दूध बिक्रीमा रोक लगाउने निर्णय गरेपछि यसको सर्वत्र विरोध हुन थालेको छ । नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठसहितको बैठकले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि भन्दै दूध बिक्री तथा ढुवानीमा रोक लगाउने निर्णय गरको थियो । सो निर्णयका विरुद्ध अहिले वडाध्यक्षबाटै विरोध हुन थालको छ । शङ्खरापुर नगरपालिका–६ का वडाध्यक्ष राधाकृष्ण श्रेष्ठले किसानको उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने समयमा उल्टै दूध बिक्रीमा रोक लगाएर किसानलाई हतोत्साही बनाउने काम भएको बताउनुभयो ।

यस्तो बेलामा सरकारले अत्यावश्यक वस्तुको रुपमा दूध व्यवसायलाई पनि बिनारोकतोक चल्न दिने निर्णय गरेको भए पनि नगरपालिकाले व्यवस्थित ढङ्गले ढुवानी गर्न दिने वातावरण मिलाउने भन्दा रोक्ने निर्णय गरेपछि आक्रोशित बन्नुपरेको किसानहरु बताउँछन् । नगरप्रमुख सुर्वण श्रेष्ठले भने स्थानीयवासीको सुरक्षा र मागलाई सम्बोधन गर्दै दूध बिक्रीमा रोक लगाउने निर्णय गरेको जानकारी दिनुभयो । यसरी दूध जस्तो अत्यावश्यकको वस्तुको रुपमा सरकारले रोकतोक नगर्ने निर्णय गरको भए पनि नगरपालिकाको उक्त निर्णयबाट साँखुका किसानहरु समस्यामा परेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij