सुदर्शन बजगाई, आशाका किरण समाचार। नेपाल स्काउटले कोरोनाको कारणले सिर्जित लकडाउनमा भोका भएका पशुपंक्षीहरूलाई दाना खुवाउने अभियान चलाएको छ । रुटिन अफ नेपाल बन्द लगायतका बिभिन्न संस्था र व्यक्तिको ससानो सहयोगमा गत हप्ता बाट सुरु भएको यो अभियानमा हाल सम्म उपत्यकाका हजारौ बादर, कुकुर, गाइ, चराचुरुंगी र माछाले आहारा पाएको नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराईले बताए । नेपाल स्काउटका तदर्थ समिति संयोजक लोक बहादुर भण्डारीका अनुसार लकडाउनको १७ औं दिन सम्म आइपुग्दा नेपाल स्काउटले उपत्यकाको चक्रपथ, बालुवाटार, भाटभटेनि, ज्ञानेश्वर, कमलादी , भद्रकाली, हनुमानढोका दरवार क्षेत्र दुवाकोट भक्तपुर, थली, जोरपाटी , बौद्ध, चाबहिल, थापाथली, पशुपति, स्वयम्भुनाथ, कलंकी सातदोबाटो, कोटेश्वर, लगनखेल, पाटन, खोकना, बुङ्गमती ,चोभार लगायतका स्थानमा पशुपंक्षीलाई मासु, बिस्कुट, चामल, मकै, गहु, केरा, पानी लगायतका आहार वितरण गरिसकेको छ । स्काउटले पशुपंक्षीलाई मात्र नभई परिस्थिति अनुसार सडक मानव र अलपत्र परेका मजदुरलाई पनि खाद्यान्न, माक्स र नगद समेत सहयोग गरेको नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराई ले बताए । यो अभियान लकडाउन अवधिभर जारीराख्ने नेपाल स्काउटका तदर्थ समिति संयोजक लोक बहादुर भण्डारीले आशाका किरण मिडियालाई बताए।

यो पनी हेर्नुहोस् :
