• Saturday 25th of July 2026

घाइते बालकको हेलिकप्टरमार्फत उद्धार


  • आशाका किरण

पूर्वी उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका–७ कालेगाडमा घरको आँगनमा खेल्दै गरेका अवस्थामा लडेर घाइते भएका बालकको आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । मंगलबार घरको आँगनमा खेलिरहेका अवस्थामा घाइते भएका स्थानीयवासी महेश कार्कीका पाँच वर्षीय छोरा खगेन्द्रको कोल्टी प्राथमिक स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा संघीय सरकारको सहयोगमा घाइते बालकलाई कोहलपुर लगी उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

मंगलबार अपराह्न ३ बजे लडेर करीब २० मिटर तल खस्दा टाउको र शरीरमा चोट लाग्नाका साथै दुवै कानबाट रगत बग्न थालेपछि कोल्टीमा उपचार सम्भव नभएकाले नेपाली सेनाको एनए ००५ नम्वरको इक्युरेल हेलिकप्टरमार्फत उद्धार गरिएको छ । घाइते बालकलाई थप उपचारका लागि नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराइले बताउनुभयो । घाइते बालकको इलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी नायब निरीक्षकको टोलीले उद्धार गरी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij