• Tuesday 8th of September 2026

सिंघम स्टाईलमा गौशाला प्रहरीले नस्ट गर्‍यो ७ लाख बराबरको घरेलु मदिरा र कच्चा पदार्थ (फोटो फिचर)


  • आशाका किरण
सुदर्शन बजगाई,आशाका किरण समाचार । गौशाला प्रहरीले काठमाडौं महानगरपालिका  वडा नम्बर ६/७ कुमारीगाल च्याल्दुङ गल्ली स्थित बिभिन्न घर तथा टहरामा छापा मार्दै करिब ३  हजार ३ सय लिटर घरेलु मदिरा नस्ट  गरेको छ । डिएस्पी प्रदिप कुमार सिंहको नेतृत्वमा गएको टोलीले करिब ७ लाख बराबरको मदिरा नस्ट गरेको हो । लस्करै ७ वटा घरमा छापा मार्दै प्रहरीले ठूलो मात्रामा अखाद्य बस्तु मिसाएर बनाएको घरेलु मदिरा नस्ट गरेको हो । प्रहरीले मदिरा बनाउन प्रयोग भएका भाँडाकुँडा समेत नियन्त्रणमा लिएको छ । विश्वभरी महामारीकको रुपमा फैलिरहेको कोरोना भाईरसबाट बच्न तथा रोकथाम गर्नको लागि नेपाल सरकारले लक डाउन गरी पूर्ण रुपमा पालना गर्न अनुरोध गरिरहेको अवस्थामा यस्तो समयको गलत फाईदा उठाउने उदेश्यले अबैधरुपमा घरेलु मदिरा उत्पादन तथा बिक्रि बितरण गरी रहेको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त गौशालाबाट खटिएको प्रहरी टोलिले बौद्ध प्रहरीको सहयोगमा उक्त स्थानमा छापा मार्दा घरेलु तयारी मदिरा अ. १००० लिटर र घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ अ. २३२० लिटर स्थानिय बासिन्दाको रोहवरमा सोही स्थानमा नष्ट गरिएको प्रदिप कुमार सिंहले आशाका किरण मिडियालाई बताए ।
फोटो : प्रवेश लामिछाने,कामनपा -७ 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij