• Wednesday 9th of September 2026

मानवाधिकारकर्मीद्वारा क्वारेन्टाइन अनुगमन


  • आशाका किरण
sf]/f]gf ljz]if c:ktfn cg'udg t'n;Lk'/, ( j}zfvM ljZj :jf:Yo ;ªu7g -8An'Prcf]_ sf kbflwsf/L dªunaf/ bfªsf] a]nem'08Ll:yt sf]/f]gf ljz]if c:ktfnsf] cg'udg ub}{ . t:jL/ M bLks af]x/f ÷/f;;

मानवअधिकार प्रतिष्ठान दाङले आज स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टाइन तथा सडक अनुगमन गरेको छ । अनुगमनका क्रममा लकडाउनका समयमा पैदल फर्किँदै गरेका यात्रुको अवस्था दयनीय रहेको पाइएको प्रतिष्ठानका जिल्ला अध्यक्ष शालिराम वलीले बताउनुभयो । कोभिड–१९ को संक्रमण फैलिन नदिन गरिएको लकडाउनले गर्दा समस्यामा परेका मजदूर एक ठाउँबाट अर्को ठाउँमा पैदल यात्रा गरिरहेको र तिनलाई ठाउँठाउँमा खाना खाने व्यवस्था गरिए पनि धेरैलाई व्यवस्थापन गर्न बाँकी रहेको प्रतिष्ठानका प्रदेश नं ५ का संयोजक विनोदकुमार श्रेष्ठले बताउनुभयो । अनुुगमनका क्रममा स्थानीय तहका क्वारेन्टाइनको अवस्था भने सन्तोषजनक रहेको पाइएको छ । जिल्लाका तुलसीपुर, घोराही र गढवाका क्वारेन्टाइन अनुगमन गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij