• Tuesday 8th of September 2026

दैनिक ३०० श्रमिक एवम् बिपन्न बर्गलाई जोरपाटी युवा क्लबको ब्यवस्थापनमा नि:शुल्क खाना


  • आशाका किरण
dav

सुदर्शन बजगाई,आशाका किरण मिडिया। सिर्जना लामा ,लाक्पा डोमा शेर्पा र रेणु लामाको सहयोगमा दैनिक ३०० श्रमिक एवम् बिपन्न बर्गलाई जोरपाटीमा खाना खुवाउन सुरु गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ संगको सहकार्यमा जोरपाटी युवा क्लबको ब्यवस्थापनमा खाना खुवाउन थालिएको जोरपाटी युवा क्लबका अध्यक्ष साम्देन लामाले बताए । लकडाउन अवधीभर निशुल्क भोजन कार्यक्रम संचालन हुने जोरपाटी युवा क्लबका उपाध्यक्ष राजेश श्रेष्ठले आशाका किरण मिडियालाई बताए । खाना जोरपाटी चोकमा साम्देन लामाको घर अगाडीबाट बिहान बेलुका बितरण हुने र लकडाउनका कारण भोक भोकै बस्नुपर्ने ब्यक्तीलाई सो ठाउमा आएर सेवा लिन क्लबले यस अनलाइन मार्फत आव्हान समेत गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij