• Wednesday 9th of September 2026

काँग्रेसद्वारा पूर्वसचिव उपाध्यायलाई रिहा गर्न माग


  • आशाका किरण

नेपाली काँग्रसले पूर्वसचिव भीम उपाध्यायलाई सामाजिक सञ्जालमा भ्रमपूर्ण अभिव्यक्ति दिएको आरोप लगाई प्रहरीद्वारा पक्राउ गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस संसदीय दलको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समन्वय समितिका संयोजक बहादुरसिंह लामाले आज एक विज्ञप्तिमार्फत पूर्वसचिव उपाध्यायको पक्राउ संविधानको मर्म भावना विपरित रहेको भन्दै निजलाई विनासर्त तत्काल रिहा गर्न सरकारसँग माग गर्नुभएको हो । नेपालको संविधानले प्रत्येक नेपाली नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रदान गरेको उल्लेख गर्दै उहाँले सबै नेपालीले आफ्नो विचार राख्न पाउनु नैसर्गिक अधिकार भएको बताउनुभएको छ । साथै उहाँले संविधानले दिएको स्वतन्त्रताको हक कुण्ठित गर्ने कार्यप्रति आपत्ति प्रकट गर्दै भत्र्सना गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij