• Saturday 25th of July 2026

पोखरा महानगरको राहत कोषमा चार करोड सात लाख


  • आशाका किरण

पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । आजसम्म महानगरको कोषमा रु चार करोड सात लाख ३३ हजार ४९ जम्मा भएको छ । कोषमा निर्माण व्यवसायी समिति पोखराले रु एक लाख एक हजार पाँच र सगरमाथा माबिबाट रु ५० हजार, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ कास्कीले रु २४ हजार ५००, कलम बचत तथा ऋण सहकारी संस्थाले रु २५ हजार, नेपाली एकता मञ्च बेल्जियमका सदस्य चन्दकुमारी गुरुङले रु २० हजार उपलब्ध गराएको छ ।

महानगरपालिकाले रु दुई करोड र गण्डकी प्रदेश सरकारको रु एक करोडबाट शुरु गरिएको राहत कोषमा विभिन्न सङ्घ संस्था र व्यक्तिबाट सहयोग प्राप्त भएको महानगर प्रमुखका प्रेस संयोजक माधव बरालले जानकारी दिनुभयो । भौगोलिक हिसाबले सबैभन्दा ठूलो सो महानगरपालिकाका ३३ वडाका ३० हजार ७४५ घरपरिवारलाई लगभग रु तीन करोड ५० लाख बराबर राहत वितरण गरिसकिएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले राससलाई बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij