• Wednesday 9th of September 2026

वैशाख पूर्णिमामा छैनन् स्वर्गद्वारीमा दर्शनार्थीे


  • आशाका किरण

पवित्र धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्वारीमा प्रत्येक वर्ष वैशाख पूर्णिमामा हुने दर्शनार्थीको भीड अहिले छैन । आजका दिन स्वर्गद्वारीमा दर्शन गर्न आउने दर्शनार्थीको भीड भए पनि यस वर्ष बन्दाबन्दीका कारण सुनसान बनेको हो । गत वर्ष वैशाख चतुर्थी र पूर्णिमामा करीब ३५ हजार दर्शनार्थीले दर्शन गरेको स्वर्गद्वारी अहिले सुनसान हुन पुगेको आश्रमले जनाएको छ । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीका कारण स्वर्गद्वारी आश्रम दर्शनका लागि बन्द गरिएपछि स्थानीयवासीसमेत गएका छैनन् । रोल्पाको रुन्टीगढीमा जन्मिएका स्वर्गद्वारी महाप्रभुले वैशाख शुक्ल पूर्णिमादेखि अखण्ड महायज्ञ शुरु गराएका कारण वैशाखे पूर्णिमाको बिहानैदेखि दर्शन गर्नका लागि अघिल्लो दिनमै आउनेको भिड लाग्ने भए पनि यस वर्ष शून्य भएको आश्रमका कोठरी तामुप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

स्वर्गद्वारीमा दर्शनार्थी पर्यटक शून्य भएपछि भेटी संकलन र गाईको लागि नुनसमेत रोकिएको आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अधिकारीले जानकारी दिनुभयो । गाईको दाना अभाव हुँदा समस्या भइरहेको छ । खाद्यान्न धेरै कम भएको र कर्मचारी घरमा बसेपछि घाँससमेत अभाव भएको उहाँको भनाइ छ । वैशाख पूर्णिमामा आएका तीर्थालुबाट प्राप्त भेटीले छ महिनासम्मको खर्च धान्ने गरेको आश्रमको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij