• Saturday 25th of July 2026

श्रम मन्त्रालयको साढे १४ लाख कोरोना नियन्त्रण कोषमा


  • आशाका किरण

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु १४ लाख ५१ हजार ९६७ दाखिला गरेको छ । मन्त्रालय तथा मातहतका पाँच निकायका सबै तहका कर्मचारीको तर्फबाट उक्त रकम कोषमा दाखिला गरिएको मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिनुभयो । सचिव र सहसचिवको सात दिन, उपसचिव र शाखा अधिकृतको पाँच दिन र अन्य कर्मचारीको तीन दिनको तलब रकम जम्मा गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij