• Friday 24th of July 2026

साथीसँग पौडी खेल्दा १२ वर्षीय बालकको डुबेर मृत्यु


  • आशाका किरण

तनहुँको व्यास नगरपालिका–६ बाह्रबिसेस्थित साँगेखोलामा डुबेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका १२ वर्षीय अङ्कित राना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथीसँग पौडी खेल्न गएका रानाको खोलामा डुबेर मृत्यु भएको कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । उनको दमौली अस्पताल ल्याउँदै गर्दा बाटामा मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको शव दमौली अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij