सुदर्शन बजगाई,आशाका किरण समाचार ।कोरोना बाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलालाई कुनै शव बहानले संक्रमण हुने खतरा भएको भन्दै बोक्न नमानेपछि स्काउटको नेतृत्वमा उनको शवलाई पशुपति पुर्याएर दाहसंस्कार गरिएको छ। कसैले शव बोक्न नमानेपछी नेपाल स्काउटका स्काउटरहरुले त्यसको नेतृत्व गरेर पशुपतिको आर्यघाटमा पुर्याएको नेपाल स्काउटले जनाएको छ । नेपाल स्काउट अन्तर्गत जिल्ला स्काउट कार्यालय भक्तपुरमा कृयाशिल स्काउटर अरुण सैंजु र राजेश गाइजुको टोलीले धुलिखेलबाट पशुपति आर्यघाट सम्म पुर्याउने काम गरेका हुन् । संवेदनशील घडीमा शव कुनै शव बहानले बोक्न मानेन भन्ने खबर सुनेपछी उहाँहरुको नेतृत्वमा पशुपति पुर्याउने काम भएको जिल्ला स्काउट कार्यालय भक्तपुरले जनाएको छ ।
बिद्धुतिय शव दह मार्फत मृत महिलाको अन्तिम संस्कार गरिएको थियो ।नेपाल स्काउटका राष्ट्रिय तदर्थ समिती संयोजक लोक बहादुर भण्डारीले संवेदनशील घडिमा आफ्नो जीवन जोखिममा राखेर स्काउटहरुले प्रस्तुत गरेको शाहस र बहादुरी देखेर नेपाल स्काउट गौरवान्वित भएको र सुरक्षित तरिकाले आफ्नो सुरक्षालाई प्रमुख प्राथमिकतामा राखेर मानव जातिको सेवामा कृयाशिल रहन देशभरका स्काउटहरुलाई अपिल समेत गरेका छन् । नेपाल स्काउट युवा तथा बालबालिकासंग कृयशिल नेपालकै सबैभन्दा ठुलो स्वयंसेवी संस्था हो ।
यो पनी हेर्नुहोस् :
