• Wednesday 9th of September 2026

नेपाली सेनाले सैनिक पोशाक लगाएर मोटरसाइकलमा हिड्ने नक्कली सैनिकलाइ खोजि खोजि नियन्त्रण गर्दै


  • आशाका किरण

नेपाली सेनाले लकडाउनलाई सफल तुल्याउन र सैनिक भेषमा सवारी साधन चलाई लकडाउन उल्लङ्घन गर्न खोज्नेलाई नियन्त्रण गर्न काठमाडौँ उपत्यकाका चार स्थानका मुख्य चोकमा सैनिक प्रहरी खटाएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, लकडाउनका समयमा सैनिक पोशाक लगाएका व्यक्तिले चलाएका सवारी साधनको ओहोरदोहोर बक्लो देखिएको भन्ने गुनासो प्राप्त भएपछि सैनिक मुख्यालय जङ्गी अड्डाले जाँच गर्न उपत्यका चार स्थानमा सैनिक प्रहरी खटाइएको हो । सेनाले काठमाडौँ उपत्यकाको नयाँबानेश्वर, महाराजगञ्ज, कालिमाटी र थापाथलीमा सैनिक प्रहरी खटाइएको छ ।

सैनिक गैरसैनिकले सैनिक पोशाक लगाएर चलाइएका सवारी साधन नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाउने छ । जाँच गर्ने क्रममा बाँसबारीका राजु कोल्ड स्टोरका सञ्चालक सुशील खड्काले सैनिक पोशाक लगाएर लकडाउनको उल्लघन गरिरहेको अवस्थामा सैनिक प्रहरीले उनलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको सेनाले जानकारी दिएको छ । सैनिक मुख्यालयले कोभिड–१९ को जोखिमबाट सुरक्षित रहन र लकडाउन पालना गर्न अत्यावश्यक व्यक्ति अर्थात् १० प्रतिशत जनशक्तिलाई मात्र आवश्यकतानुसार जिम्मेवारीमा खटाएको छ । सैनिक सङ्गठनभित्र अनुशासन कायम गर्न सैनिक प्रहरीको विशेष भूमिका रहँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij