• Wednesday 9th of September 2026

सवारी पास दुरुपयोग गर्नेलाई कारवाही


  • आशाका किरण
sf7df8f}F, !^ j}zfvM ;jf/L ;fwg r]shfFr ub}{ ;'/IffsdL{ sf]/f]gf efO/;sf] ;ªqmd0f /f]syfd tyf Go"gLs/0fsf nflu ;/sf/n] nfu" u/]sf] aGbfaGbL cjlwdf a9L dfqfdf ;jf/L ;fwg rNg yfn]kl5 sf7df8f}Fsf] eb|sfnL ;8sdf dªunaf/ ;jf/L kf; eP gePsf] r]shfFr ub}{ ;'/IffsdL{ . tl:a/ Mk|bLk/fh jGt÷/f;;

सवारी पासको दुरुपयोग बढेको भन्दै जिल्ला प्रशासन कार्यालय भोजपुरले निगरानी बढाएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको समयमा पास लिएर गुड्ने सवारी साधनहरुले पासको दुरुपयोग गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय भोजपुरले निगरानी बढाएको हो । अत्यावश्यक कामका लागि भन्दै सवारी पास लिएर दुरुपयोग भएको जनगुनासो आएपछि निगरानी बढाएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । कार्यालयका अनुसार दैनिक उपभोग्य वस्तु ढुवानीका साधन, निर्माण कार्यमा प्रयोग हुने सवारी साधन, बैंक तथा सरकारी काममा प्रयोग हुनेलगायतका सवारी साधनलाई पास दिएको भए पनि कतिपयले पासको दुरुपयोग गरेको गुनासो आएसँगै वितरणमा कडाइ गर्दै कारवाहीको प्रक्रिया थालिएको छ । पासको दुरुपयोग गर्ने तथा बिनापास सवारी चलाउनेलाई प्रहरीले कानूनी कारवाहीको दायरामा ल्याउन थालेको छ ।

छड्के अनुगमनका क्रममा बिनापास सञ्चालन भइरहेका तीनवटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अति आवश्यकबाहेक अन्य सबै सवारी साधनलाई पूर्णरुपमा बन्देज गरिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण कार्यसँगै अन्य अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालनमा कडाइ गरेका छौँ, बिनापास सवारी चलाएको तथा पास भएकाले पनि गलत प्रयोग गरेको जनगुनासो बढेपछि निगरानी बढाएर कारवाहीको दायरामा ल्याएका छौँ ।” प्रशासनले अत्यावश्यक काममा प्रयोग हुने ६४ वटा सवारी साधनलाई मात्र पास वितरण गरेको छ ।

पत्रकारसहित ६७ जनाको स्वाब सङ्कलन

पछिल्लो समयमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा भोजपुरमा ६७ जनाको स्वाब सङ्कलन गरिएको छ । वशेषगरी कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा रहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र कर्मचारीलगायतको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाइएको हो । जिल्लामा कोरोना सङ्क्रमण देखिएका युवा निको भएर घर फर्किसकेका छन् । त्यसपछि परीक्षण गरिएका सबैको रिपार्ट नेगेटिभ आइरहेको छ । तर पनि पछिल्लो समय नेपालमा दिन प्रतिदिन कोरोना सङ्क्रमित बढ्दै गएपछि बढी जनसम्पर्कमा रहने ६७ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ एकजनामा सङ्क्रमण देखिएको भए पनि उनी निको भइसकेका छन्, पछिल्लो समयमा गरिएका सबै रिपोर्ट नेगेटिभ आइरहेका छन्, तर पनि देशमा सङ्क्रमितको सङ्ख्या बढिरहेकाले बढी मात्रामा जनसम्पर्कमा रहनेको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाएका छौँ ।”

जिल्लामा सङ्क्रमितको सङ्ख्या नदेखिए पनि उच्च सतर्कताका साथ परीक्षण भइरहेको स्वास्थ्य प्रमुख फणीन्द्र थापाले बताउनुभयो । विभिन्न ठाउँबाट जिल्ला प्रवेश गरी क्वारेन्टिन तथा होम क्वारेन्टिनमा रहेका मानिसको १४ दिनपछि आरडिटी परीक्षण भइरहेको उहाँको भनाइ छ । प्रमुख थापाले भन्नुभयो, “क्वारेन्टिनमा रहेकाको आरडिटी परीक्षण गरिहेका छौँ त्यसका अलवा धेरै जनसम्पर्कमा रहने मानिसको स्वाब सङ्कलन गरेर पठाएका छौँ, यसको नतिजा आएपछि परीक्षणको दायरालाई झन बढाउने उद्देश्य छ ।” जिल्लामा मङ्गलबारसम्म ६३८ जनाको आरडिटी, ९२ जनाको स्वाब सङ्कलन गरिएकामा २५ जनाको रिपोर्ट आएको छ भने आज स्वाब सङ्कलन गरिएको ६७ जनाको रिपोर्ट आउन बाँकी छ । जिल्लामा ५२५ क्वारेन्टिन र १३ आइसोलेशन वार्ड निर्माण गरिएको छ । क्वारेन्टिनमा ९६ र होम क्वारेन्टिन १६३ जनालाई राखिएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij