• Wednesday 9th of September 2026

लकडाउनको बेला एक क्विन्टल गाँजा बरामद


  • आशाका किरण
A very large Pile of retail trimmed weed

नेपाल प्रहरीको गस्ती टोलीले सिरहाको भगवानपुर गाउँपालिकाबाट गाँजा बरामद गरेको छ । प्रहरी चौकी भगवानपुरबाट खटिएको सो टोलीले चारवटा बोरामा प्याकिङ गरेको एक क्विन्टल लागुऔषध गाँजा आज बिहान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । बरामद गाँजा इलाका प्रहरी कार्यालय लहानमा राखिएको र फरार व्यक्तिको खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij