• Wednesday 9th of September 2026

जबर्जस्ती करणी आरोपमा पक्राउ


  • आशाका किरण

छिमेकी युवतीलाई जबर्जस्ती करणी आरोपमा सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गाउँकै एक युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका–४ महोलिया निवासी २२ वर्षीय हैदर मियाँलाई पक्राउ गरेको हो । सुतिरहेको अवस्थामा गत आइतबार राति घरभित्र प्रवेश गरी मियाँले जबर्जस्ती करणी गरेको पीडित युवतीको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । पीडित युवती र युवक दुवैको स्वास्थ्य परीक्षण गरिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij