• Tuesday 27th of October 2026

पाँच थान भरुवा बन्दुकसहित छ पक्राउ


  • आशाका किरण

जिल्ला प्रहरी कार्यालय बागलुङले पाँच थान भरुवा बन्दुकसहित छ जनालाई पक्राउ गरेको छ । अवैध हातहरियार लुकाइराखेको सूचनाका आधारमा खानतलासी गर्दा प्रहरीले ताराखोला गाउँपालिका–१ दरौंदीका ४९ वर्षीय चित्रराज कँडेल, ३६ वर्षीय थमबहादुर घर्ती, ३७ वर्षीय होमबहादुर रोका र २९ वर्षीय खिमानन्द कँडेलको साथबाट चार थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयले बिहीबार जारी प्रेस विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

त्यसैगरी ४२ वर्षीय टङ्कबहादुर रोकाको साथबाट सोही ठाउँका बमबहादुर घर्तीको एक थान भरुवा बन्दुक फेला परेकाले उनीहरु दुवैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिनुभयो । प्रहरीले स्थानीयको रोहवरमा उनीहरुको घर खानतलासी गरेको थियो । पक्राउ परेका छ जनाविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij