• Wednesday 9th of September 2026

म्याग्दीमा चहलपहल बढ्यो


  • आशाका किरण

सरकारले लकडाउनको स्वरूप परिवर्तन गरेपछि म्याग्दीमा चहलपहल बढेको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न गत चैत ११ गतेदेखि जारी भएको बन्दाबन्दीको स्वरूप परिवर्तन गरेपछि बैंक तथा वित्तीय संस्था, बजार, उद्योग, सवारी साधन सञ्चालन हुन थालेसँगै चहलपहल बढेको हो । बजारमा सामान किन्न निस्कने सर्वसाधारण र निजी सवारी साधनको चाप बढ्दै जान थालेको छ । सरकारले सुरक्षा अपनाएर बजार, उद्योग, निजी सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेसँगै यहाँको जनजीवन सामान्यतर्फ उन्मुख हुन थालेको छ ।

सामाजिक तथा भौतिक दूरी कायम गरी सुरक्षा मापदण्ड अपनाएर पसल सञ्चालन गरेको व्यापारीहरूले बताएका छन् । सामान खरिद गर्न आउने सर्वसाधारणबीच दूरी कायम गरी सुरक्षाका उपाय अपनाउँदै पसल खुलाएको उद्योग वाणिज्य सङ्घले जनाएको छ । सडकमा मानिसको भीड देखिन थालेको छ । लामो समयसम्म बन्दाबन्दी हुँदा आर्थिक क्रियाकलापसँगै सर्वसाधारणको जनजीवन प्रभावित भएको थियो । “बैंक तथा वित्तीय संस्थाहरुमा मात्र भीड छ पसलहरु प्रायः सुनसान नै छन् ।” फेन्सी पसल सञ्चालक प्रकाश सापकोटाले भन्नुभयो । जिल्लामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या तीन पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij