• Saturday 25th of July 2026

नगरपालिकामा तालाबन्दी, सेवाग्राही मर्कामा


  • आशाका किरण

नेपाली काँग्रेस निकटका जनप्रतिनिधिले गैँडाकोट नगरपालिकामा तालाबन्दी गरेसँगै सेवाग्राही मर्कामा परेका छन् । नगर प्रमुख छत्रराज पौडेलले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि नीति तथा बजेट असार १६ गते पारित गरेपछि केही नगरसभा सदस्य असन्तुष्ट हुँदै नगरपालिकामा ताला लगाएका थिए । जनताको कामकाज ठप्प पार्नुले उनीहरुभाथि आफूहरुको भरोसा उडेको गैँडाकोट– ५ का मेघराज खरालले बताउनुभयो । “हाम्रो कामकाजमा सहजता पु¥याउने भन्दै चुनावका बेला भोट माग्न आएका थिए”, खरालले भन्नुभयो, “अहिले असार मसान्तको समयमा आएर तालाबन्दी गर्दा हाम्रो भुक्तानी रोकिएका छन् ।”

नगरमा सञ्चालित विभिन्न योजना सम्पन्न भएपछि रकम भुक्तानी लिन आउँदा तालाबन्दीले दुःख पाएको खरालले गुनासो गर्नुभयो । असार १६ गते देखि नगरप्रमुख छत्रराज पौडेल, उपप्रमुख विष्णुकुमारी कँडेल र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यको कार्यकक्षमा उनीहरुले तालाबन्दी गरेका थिए । असार मसान्तमा विभिन्न योजनाको भुक्तानी लगायतका काम लिएर आएका पाउन नसकी फर्कनुपरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij